शनिबार, जेठ ५, २०८१

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

नेपालखोज २०७८ असार ६ गते १५:०५

काठमाडौं । निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले असार छ गते अर्थात आज आइतबार होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९औं वार्षिक साधारण सभाबाट आठ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक एक अर्ब दुुई करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैयाँ पुग्ने छ ।

साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत दुुई जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघाई र अनिता रायमाझी टन्डन निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन् ।

प्रतिक्रिया