शनिबार, जेठ ५, २०८१

एनएमबि बैंकद्वारा हेलिकाेप्टर चार्टर गरी बाढी पीडितलाई राहत वितरण

नेपालखोज २०७८ असार ६ गते १८:०२


काठमाडौं । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकद्वारा राहत वितरण गरिएको छ । राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको थियो ।

एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उपर्यूक्त गुणस्तरीय सामग्रीहरु वितरण भएको थियो ।

अचानक मौषम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि पाँच जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्घार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियोे ।

उद्घार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्घराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष आठ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।

विगत केही दिन यता लगातारको भारी वर्षा पछिको पहिरोले मनाङका अधिकांश नदिहरु थुनिएका छन जसले गर्दा उक्त स्थानका सयौ मानिसहरु घरवार विहीन भएका छन् ।

हाल चामे बजार जोखिममा रहेको हुनाले लगभग ९०० घरधुरीहरु अफ्नो बसोवास स्थान छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । बाढीले सडक, पुल लगायतका सार्वजनिक संरचनाहरुमा पनि निकै क्षति पुर्याएकाे छ ।

चामे गाउँपालिका का वडा नं. ४ र ५ जोडने स्थानमा मस्याङ्दी नदीमा पहिरो खस्दा बहाव थुनिएको छ । निरन्तर वर्षाको कारणले नदीमा पानीको सतह थप बढेको हुनाले चामे बजार उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया