शनिबार, जेठ ५, २०८१

सुबिसु र नोकियाको सहकार्यमा अप्टिकल नेटवर्क अत्याधुनिकरण गरिँदै, नेपालभर उच्च गतिको ब्रोडब्यान्ड

१५०० किमि पूर्व-पश्चिम फैलिएको सुबिसुको नेटवर्कलाई आधुनिकरण गर्न सुबिसुले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ ।

नेपालखोज २०७८ असार ६ गते २२:२६

काठमाडौं । सुबिसुको नेटवर्कले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पुर्‍याउनेछ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले, नेपालमै पहिलोपटक ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्यान्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दतसमेत गर्नेछ । अब सुबिसुका ग्राहकले उच्च गतिको ब्रोडब्यान्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सक्नेछन् ।

४०० जीबीपीएस सिंगल फाइबरयुक्त १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ फोटोनिक सर्भिस इन्जिन (पीएसई), दुई दिशात्मक वेबलेन्थ डिभिजन मल्टिप्लेक्सिङ (डीडब्ल्यूडीएम) दैशभर जडान गरिएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन हो ।

नोकियाको ४०० जीबिपिएससिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुशनकस्ट अप्टिमाइज गर्दै र अपरेसन कस्ट घटाउँदै थप सबल बनाउन मद्दत गर्छ । यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टी-टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ ।

सुबिसुका सीईओ विनय मोहन साउद भन्छन्, ‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं, र नोकियाको इण्डस्ट्री लिडिङ उत्पादन तथा सोलुशनहरूले हाम्रो सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवाप्रदान गर्न मद्दत गरिरहेको छ । यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो र यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं ।”

भारतका लागि नोकियाका इमर्जिङ मार्केटका प्रमुख विनीश बावा भन्छन्, ‘हाम्रो इन्डस्ट्री-प्रमाणित १८३० पीएसएस सोलुसनले सुबिसुजस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको छ । सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्त्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकामा हामी खुसी छौं साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ ।’

नियोटेरिक नेपालका एम.डी सन्जय गोल्छा भन्छन्, ‘नोकियाको पार्टनर भएको नाताले हामि नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेसन प्रणाली बनाउने प्रक्रियामा सहयोग गर्न सदैव प्रतिबद्ध छौं ।

प्रतिक्रिया