शनिबार, जेठ ५, २०८१

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

नेपालखोज २०७८ असार ७ गते १६:१३

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्रिएको छ । प्यालिसेड प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिकरूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजेल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०–२७० आरपिमटर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको सुरुवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

प्रतिक्रिया