शनिबार, जेठ ५, २०८१

२० प्रतिशत लाभांश वितरण गर्ने नेपाल पुनर्बिमा कम्पनीको घोषणा

नेपालखोज २०७८ असार ८ गते १२:०३

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले २० प्रतिसत लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही असार सात गते बसेको सञ्चालक समितिको तीन सय ४०औं बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्ता पुंजी १० अर्ब रुपैयाँ मध्येबाट उक्त अनुपातमा लांभास वितरण गर्ने घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

घोषित लाभांसमध्ये १६ दशमलव ५० प्रतित बोनस सेयर र तीन दशमलव ५० प्रतिशत नगद लाभांस रहेको छ । लाभांस वितरण सम्बन्धी उक्त प्रस्ताव नेपाल सरकार एवं नियमनकारी निकाय बिमा समितिको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ ।

No description available.

प्रतिक्रिया