बिहीबार, मंसिर २७, २०८१

आन्तरिक उडान असार १७ देखि खुल्दै

नेपालखोज २०७८ असार ९ गते १९:३६

काठमाडौं । यहि असार १७ गतेदेखि आन्तरिक हवाई उडान खुल्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण बन्द रहेको हवाई उडान १७ गतेदेखि खुल्ला गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

हाललाई ५० प्रतिशत यात्रु क्षमतामा उडान सुरु गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आन्तिरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्न निर्णय गरेको थियो ।

कोरोना सङ्क्रमण बढेपछि गएको बैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो । १७ गतेदेखि उडान सुरु हुने निर्णय गरेसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।

प्रतिक्रिया