शुक्रबार, चैत १६, २०८०

अमेरिकामा के गर्दै छन् महावीर पुन ?

नेपालखोज २०७८ असार १० गते ७:३७

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबीर पुन यतिबेला अमेरिका भ्रमणमा छन् । एक महिनाअघि अमेरिका पुगेका उनले आफ्नो अमेरिका बसाइँ फलदायी रहँदै आएको बताएका छन् । साथै उनी अझै आधा महिनाभन्दा धेरै समय अमेरिकामै रहनेछन् ।

यसबीचमा उनले आफ्ना भ्रमणबारेमा जानकारी गराएका छन् । ‘बितेको एक महिनामा आफु १५ वटा राज्यको २८ वटा शहरमा पुगेर २८ वटा भाषण गरेको र अझै १३ वटा राज्यको २४ वटा शहरमा भाषण गर्न बाँकी रहेको बताएका हुन् ।पुनका अनुसार अब उनी १८ दिन अमेरिकामै हुनेछन् र त्यसपछि स्वदेश फर्कने छन् ।

‘म जस्तो हावादारी मुन्छेले अमेरिकाको हावा खाएको पनि ठिक एक महिना भएछ ।’ पुनले अनुभव साट्दै भनेका छन्, ‘अमेरिकामा पनि म जस्ता ‘मुर्ख मान्छेहरु’ धेरै नै रहेछन् भन्ने थाहा भयो ।’ किनभने म जस्तो मुर्ख मान्छेको दिक्क लाग्ने भाषण सुन्न भनेर निकै नै नेपालीहरु आए र राष्ट्रिय आविष्कार केन्द्रकाबारेमा भएको अन्तरक्रिया कार्यक्रममा स्व–स्वइच्छाले भाग लिए । पुनले ती अन्तरक्रिया कार्यक्रममा सहभागी सबैलाई धन्यबाद दिँदै अरु राज्यमा आफ्नो ‘मुर्ख बाणी’ सुन्न आउनेहरुलाई स्वागत पनि गरेका छन् ।

हेर्नुस् उनी सहभागी केहि कार्यक्रमको तस्बिर

प्रतिक्रिया