शनिबार, जेठ ५, २०८१

कांग्रेस नेता महत भन्छन्- कोरोना खोप लगाउन सरकारलाई दबाब दिन्छौं

नेपालखोज २०७८ असार १२ गते ९:२८

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले कोरोना खोप लगाउन सरकारलाई दवाव दिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय उद्योग तथा ब्यापार बिभागको आयोजनामा शुुक्रबार भएको ‘कोभिड–१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव’ बिषयक भरचुअल अन्तरकृयामा उद्योगी व्यवसायीले कोरोना खोप तत्काल नलगाएसम्म अर्थतन्त्र संकटमा पर्ने बताएपछि उनले माग पुरा गराउन सरकारलाई दवाव दिने बताएका हुन् ।

‘सरकार कुरा गर्छ, काम गर्दैन, महतले भने, ‘बहुमत प्राप्त गरेको दिन देखि जनताको सेवा भन्दा आफ्नो सेवामा लागेको छ ।’
महामारीमासमेत सरकार भ्रष्टाचार गरेको सरकारलाई पाप लाग्ने महतले बताए । ‘महामारीमा समेत सरकार निरन्तर भ्रष्टाचारमा लाग्नु पाप हो,’ उनले थपे, ‘ अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ छैन ।’

यो सरकारको वहिर्गमन नै पहिलो शर्त भएको उनको भनाइ छ । त्यसअघि उद्योगी व्यवसायीले नागरिकलाई सरकारले घरभित्र मात्रै थुनेर समस्या समाधान नहुने भन्दै भ्याक्सिनमा केन्द्रित हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया