बुधबार, वैशाख ५, २०८१

कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम बुझाउने मिति थपियो

नेपालखोज २०७८ असार १३ गते ९:३६

काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम असार २० गतेसम्म बुझाउन पाइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नयाँ सूचना प्रकाशित गर्दै निषेधाज्ञाका कारण छुटेकालाई असार २० गतेसम्म दोब्बर दस्तुत तिरेर रजिष्ट्रेसन र परीक्षा आवेदन फारम बुुझाउन भनेको छ ।

यसअघि बोर्डले चैत समान्तसम्म रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम बुझाउन सूचना जारी गरेको थियो ।

दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय तिर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया