मंगलबार, मंसिर १८, २०८१

संसद् विघटन मुद्दामा रिट निवेदनको बहस आज सकिने

नेपालखोज २०७८ असार १३ गते १०:२४

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिने भएको छ ।

संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट मात्रै बाँकी रहेकाले आज सकिने सम्भावना छ ।

निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् ।

निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।

सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

प्रतिक्रिया