शनिबार, जेठ ५, २०८१

ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

नेपालखोज २०७८ असार १३ गते १७:२२

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा. लि. बीच टाटा ब्रान्डका पीकअप र कार्गो गाडी खरिदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्रान्डका पीकअप र कार्गो गाडी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पीकअप र कार्गो गाडि ग्राहकवर्गहरुलाई ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ ।

गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्रान्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ ।

सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम वटामार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया