काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्ने तयारी
नेपालखोज
२०७८ असार १३ गते २२:३३
काठमाडौं । काठमाडौं उपत्यकाकामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो ।
डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको स्रोतले जनाएको छ । सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइने भएको छ । कति सिटका सवारी साधनलाइ अनुमति दिने भन्नेमा पनि सोमवार नै निर्णय हुने भएको छ ।
कोरोना संक्रमण क्रमशः घटदै गएको र यातायात व्यवसायी एवं मजदुर संगठनले दबाव दिएकाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने तयारी गरिएकोछ ।
सम्बन्धित
प्रतिक्रिया