आइतबार, वैशाख २३, २०८१

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारी आन्दाेलित

नेपालखोज २०७८ असार १७ गते १३:४१

काठमाडौं । सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध बैंकहरु विरोधमा उत्रिएका छन् । माछपुच्छ्रे बैंक, नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन सुरु गरेका छन् ।

यसैबीच सामाजिक सुरक्षा कोषका विरुद्ध हिमालयन बैंकका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । २०७७ साल असार १५ गते हिमालयन कर्मचारी युनियनको नेतृत्वमा सामाजिक कोषविरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

बैंकको केन्द्रिय कार्यालय कमलादी, मुख्य शाखा ठमेल, पाटन, महरागञ्ज लगायतका आधा दर्जनभन्दा बढी कार्यालयहरुमा कर्मचारी युनियनको नेतृत्वमा कर्मचारीहरु सांकेतिक रुपमा कालो ब्यानर सहित विरोधमा उत्रेका छन् ।

सामाजिक सुरक्षा कोषविरुद्ध अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले विरोध सुरु गरिसकेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि विरोधको कार्यक्रम गरेका छन् । माछपुच्छ्रे बैंक, नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन सुरु भएको छ ।

बैंकका कर्मचारीहरु पनि अनिवार्यरूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ ।

कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन ।

समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष गौतम भण्डारीले कर्मचारीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषले ल्याएको ऐन र कार्यविधि बिच धेरै अस्पष्टता रहेकोले पटक पटक कोषको ध्यानाकर्षण गराउदा पनि कोषले जसरी पनि कोषमा आबद्ध हुने हुंकार गरिरहेकोले यसविरुद्धको कडा आन्दोलनका लागि बैंक कर्मचारीहरुले संकेत जनाएको अध्यक्ष भण्डारीले बताए ।

तत्काल सामाजिक कोषको विनियावली संशोधन गर्न बैंक तथा वित्तिय कर्मचारीहरुले माग गरेकोले यो आन्दोलन ससक्त रुपमा अघि बढेको भण्डारीको दाबी छ ।

प्रतिक्रिया