आइतबार, वैशाख २३, २०८१

सिद्धार्थ बैंककाे इजी बैंक अनलाइन प्लेटफर्म सार्वजनिक

नेपालखोज २०७८ असार १७ गते १६:००


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रम अन्तर्गत रहि ईजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ ।

यो इजी बैंक प्लेटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सकिने छ । यो प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहेका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिने छ ।

इजी बैक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्ना सीआरएन हेर्न सक्ने छन् ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढी लाभदायक रहेने बैंकको विश्वास रहेको छ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामीदिनहरुमा यो प्लेटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लेटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

प्रतिक्रिया