किन स्थगित भयो निधि, कोइराला र सिंहको भेट?
नेपालखोज
२०७८ असार १८ गते ८:०७
काठमाडौं । नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहको भेटवार्ता स्थगित भएको छ ।
पार्टीमा क्रियाशील सदस्यताको विषय नटुंगिएको र आजै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नुपर्ने भएकाले आजका लागि तय भएको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको बताइएको छ ।
निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकताअनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंँदै जानेसमेत जानकारी नेता सिंहले गराएको उनका प्रेस सहयोगी यूपी लामीछानेले जनाएका छन् ।
यतिबेला कांग्रेसको आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरुबीचको छलफल र भेटघाट तीव्र बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया