शनिबार, वैशाख ८, २०८१

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

नेपालखोज २०७८ असार १८ गते १८:४७

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियूक्त गरेको थियो ।

उनी २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए ।

आजदेखि उनले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एसिया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष) मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्विगर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताए ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राजतामाङ्गले बताउँदै बैंकले चालु आवमा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।

बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ८८.९४ अर्ब निक्षेप र ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ ।

प्रतिक्रिया