बिहीबार, वैशाख १३, २०८१

पुनः ९ अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ असार २० गते १३:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुन: ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

जारी मिति असार २२ गते तोकिएको ट्रेजरी खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ९ अर्ब १० करोड रुपैयाँ रहेको छ । सो मध्ये १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्तर्गतकाे र बाँकी ९ अर्ब रुपैयाँको नयाँ रहेको छ ।

उक्त ट्रेजरी परिपक्व हुने अवधि भने २०७८ असोज १९ गते तोकिएको छ । यसअघि यही असार १४ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको ११ अर्ब १० करोड र १ सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रतिक्रिया