सोमबार, मंसिर १७, २०८१

चौबीस घण्टामा १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि, थप २७ को मृत्यु

नेपालखोज २०७८ असार २० गते १७:०१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४२ र ४ हजार ८७६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६१ जना गरी कुल १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया