शनिबार, जेठ ५, २०८१

‘बतास एग्रोको मान्यता पिछडिएका वर्गले पनि अवसर पाऊन् भन्ने हो’

नेपालखोज २०७८ असार २० गते १९:५२

पोखराका आनन्दराज बतास सफल व्यवसायी तथा उद्यमी हुन् । उनले बतास एग्रो बहुउद्देश्यीय कृषि परियोजनाका लागि स्वस्थ शरीर भएका बढीमा ४५ वर्ष ननाघेका नेपाली नागरिकको आवश्यकता रहेको उल्लेख गर्दै विज्ञापन आफ्नो ट्‌विटर एकाउन्टबाट सार्वजनिक गरेका छन् । उनको यो विज्ञापनले सबैलाई उत्साह जगाएको छ ।

उनले नेपालमै फरक तवरबाट कृषि कर्म गर्न थालेका छन् । उनले आह्वान गरेको विज्ञापनमा ८ जातजातिका १० परिवारको माग गरिएको छ ।

गन्धर्व परिवार ३, विश्वकर्मा परिवार १, दर्जी परिवार १, सार्की परिवार १, गुरुङ परिवार १, ब्राह्मण परिवार १, क्षेत्री परिवार १ र नेवार परिवार १ को आवश्यकता छ । बतास एग्रोले ८ विभिन्न जातजातिका १० परिवारका लागि रोजगारी दिने र उनीहरुलाई नै व्यवसायमा आकर्षित गर्ने योजना रहेको जनाएको छ ।

कृषि तथा पशुपालनका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको एग्रो फार्मका लागि बतास एग्रोले २०० रोपनी जमिन छुट्याएको हो । त्यही जमिनमा आधुनिक र उन्नत तवरबाट कृषि कर्मका लागि कामदार चाहियो भन्दै बतास एग्रोले विज्ञापन गरेको हो । बतास एग्रोको कृषि योजनालगायत विविध विषयमा उद्यमी तथा बतास एग्रोका अध्यक्ष आनन्दराज बताससँग नेपालखोजका लागि जगत भण्डारीले कुराकानी गरेका छन् । प्रस्तुत छ उहाँसँगको कुराकानी :

हाइलाइट्स :

– हामीले १०-१५ वर्ष अगाडिदेखि नै कृषिकै लागि भनेर जमिन किनेर राखेका थियौ । अहिले त्यसैमा कृषिकर्म सुरु गरेका छौं ।
– १० हजार अगरउडको बिरुवा रोपेको छु, यो नेपालमा नौलो हुनसक्छ । यो संसारकै सबैभन्दा महँगो बिरुवा पनि हो । यो बिरुवा राम्रोसँग हुर्कियो भने २० देखि ६० लाख रुपैयाँसम्म पर्छ ।
– नेपालमा अगरउडको व्यवसाय खासै छैन तर भारतको आसाममा यसको ठूलो व्यवसाय छ । त्यहाँ छोरीको विवाह गर्नुपरे पाँच हजार रुख काटेर बेचेर विवाह गर्छन् ।
– ‘आज मैले सुरु गरें । भोलि सबै नेपालीले यसको महत्त्व बुझेर लगाउन थाले भने आत्मनिर्भरतर्फ उन्मुख हुन्छौं । यही उद्देश्यले कृषिमा लगानी गरें ।’
– हामीले अर्ग्यानिक कन्सेप्टमा २०० प्रजातिका बाँस रोप्दै छौं ।
– मलाई त्यहाँ २०० रोपनीको कृषि फर्म हेर्नका लागि २० जना कामदार चाहिन्छ । उनीहरुले पनि रोजगारी पाए त्यो पनि स्थायी ।
– मेरो यो कामको सुरुवातबाट पिछडिएका वर्गले पनि अवसर पाउँछन् भन्ने मान्यता हो ।
– बतास एग्रोमा कृषि तालिम पनि दिन्छौं ।
– मेरो अहिलेसम्म २०-२१ करोडको लगानी छ ।
– यो कृषि फर्ममा मैले मृग र कालिज पनि पाल्दै छु । त्यसबाट थप दुई परिवारले रोजगारी पाउनेछन् ।
– नेपाल भौगोलिक रुपमा राम्रो भएकाले मलाई कृषि पेसा गर्न मन लाग्यो ।
– मेरो कामले एउटा राम्रो म्यासेज जाओस् भन्ने उद्देश्य हो ।
– यो देश बनाउन तथा समाज बनाउनकै लागि पनि कृषि नै गर्नुपर्छ ।

प्रतिक्रिया