शुक्रबार, चैत १६, २०८०

राष्ट्र बैंकले भोलि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै

नेपालखोज २०७८ असार २० गते १८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो।

बैंकका अनुसार ९ अर्ब बराबरको ताजा ट्रेजरी बिल जारी गर्न लागेको हो भने १० करोड बराबरको नवीकरण गर्न लागिएको हो। बैंकले ९१ दिने ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त बिलको असार २१ गते बोलकबोल गरिनेछ । असार २२ गतेदेखि जारी हुने ट्रेजरी बिल ९१ दिनमा परिपक्व हुनेछ।

प्रतिक्रिया