बुधबार, वैशाख २६, २०८१

भोलिदेखि नेपालसहित पाँच देशका नागरिकले जर्मनीको यात्रामा गर्न पाउने

नेपालखोज २०७८ असार २२ गते १०:१९

काठमाडौं । जर्मनीले भोलिदेखि पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध हटाउने भएको छ । प्रतिबन्ध हटेसँगै नेपाल, बेलायत, पोचुर्गल, रुस र भारतका नागरिकले जर्मनी प्रवेश गर्न पाउने भएका छन् । कोरोनाविरुद्धको खोप प्राप्त गरेका नागरिकले जर्मनी पुगेपछि क्वारेन्टाइनमा बस्नु नपर्ने भनिएको बीबीसीले उल्लेख गरेको छ।

खोप नलगाएकाहरूले भने १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । तर उनीहरूको पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारेन्टाइनबाट बाहिरिन पाउने छन् ।

प्रतिक्रिया