सोमबार, मंसिर १७, २०८१

वायुसेवा निगममा लगाएको ताला खुल्यो, निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान

नेपालखोज २०७८ असार २२ गते १९:१६

काठमाडौं । नेपाल वायु सेवा निगममा लगाएको ताला खुलेको छ । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तारै निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आवद्ध कर्मचारीले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको हो ।

ताला खुलाउने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही कर्मचारी सामान्य घाइते भएका छन् । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पारिएको एक कर्मचारीले बताएका छन् ।

कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ । निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको सेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो ।

प्रतिक्रिया