जीवन विकास लघुवित्तको आईपीओ बाँडिदै, १९ लाख आवेदकले नपाउने
काठमाडौं । जीवन विकास लघुवित्तको साधारण सेयर अहिले केहीबेरमा बाँडिदै छ । असार ११ देखि १५ गतेसम्म निष्कासन भएको लघुवित्तको साधारण सेयरका आवेदकमध्ये झन्डै १९ हजारको हात खाली हुनेछ अर्थात् आवेदकको संख्या उच्च हुँदा ९ प्रतिशतले मात्र आईपीओ हात पार्नेछन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाअनुसार १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जना आवेदकले गोलाप्राथबाट आईपीओ पाउनेछन् ।
लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको हो । निष्कासित सेयरमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको सेयरमा ३ अर्ब १२ करोड ६६ लाख २६ हजार २०० रुपैयाँ रुपैयाँको ३ करोड १२ लाख ६६ हजार २६२ कित्ता सेयर माग भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।
प्रतिक्रिया