एमाले कार्यदलको बैठक १० बजेलाई सारियो

नेपालखोज २०७८ असार २३ गते ८:२३

काठमाडौं । सत्तारुढ एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज बिहान १० बजेलाई सारिएको छ ।

आज विहान साढे आठ बजे बस्ने भनिएको बैठक दुई घण्टा पछि सारेर साढे १० बजेलाई सारिएको एक नेताले जनाएका छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकमा सकारात्मक ढंगले नै सदस्यहरुले धारणा राखेको र थप छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको बताइएको छ ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । माधव नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य छन् ।

प्रतिक्रिया