कोभिडविरुद्धको खोपको सफलतापछि एड्सविरुद्धको खोप बनाइँदै

नेपालखोज २०७८ असार २३ गते १९:१९

काठमाडौं । अक्सफोर्ड यूनिभर्सिटीका वैज्ञानिकहरु कोरोनाविरुद्धको खोपको सफलताबाट उत्साहित हुँदै पुन: एक पटक एचआईभी एड्सविरुद्धको खोपको मानव परीक्षणमा जुटेका छन् ।

यही साता सुरु भएको एचआईभी एडसविरुद्धको खोप परीक्षणको प्रथम चरणमा १८ देखि ६५ वर्ष उमेर समूहका १३ जना एचआईभी (नेगेटिभ व्यक्तिलाई समावेश गरिदै छ ।

परीक्षणमा सामावेश व्यक्ति संक्रमणको कम जोखिम भएकाहरु रहने छन् जसलाई सुरुमा एचआईभीविरूद्ध खोपको पहिलो डोज दिईदैछ भने चार सातापछि उनिहरुलाई एउटा बूस्टर डोज दिइने छ ।

वैज्ञानिकहरुले यस क्रममा खोप लगाएकाहरुको ब्लड स्याम्पल तथा इम्यून रिस्पोन्सको मनिटरिंङमार्फत यो खोप कति सुरक्षित छ र यसले एचआईभीको संक्रमण रोक्न सक्छ/सक्दैन बुझने प्रयत्न गर्ने छन् ।

एचआईभी भाईरस तिब्र गतिमा परिवर्तन भैरहने हुँदा यसका विरुद्ध खोप बनाउने पहिलेका प्रयास असफल हुँदै आएका थिए । एड्सविरुद्धको खोपको यो पहलो चरणको मानव परीक्षणको परिणाम सन् २०२२ को अप्रिलसम्म आइसक्ने अनुमान छ ।

यदि पहिलो चरणको यो मानव परीक्षण सफल रहे व्यापक स्तरमा थप परीक्षण हुनेछ । एचआईभीविरुद्धको यो खोपको नाम HIVconsvX राखिएको छ ।

यो भ्याक्सीनको असरको जाँच अफ्रिकी मुलुक केन्या, जाम्बिया तथा युगान्डामा समेत हुनेछ जहाँ एचआईभीको प्रकोप व्यापक छ । HIVconsvX खोपले मानव इम्यून सिस्टमको टी-सेल्सलाई उत्तेजित गर्ने बताइएको छ ।

यो खाेप शक्तिशाली हुनुका साथै यसले एड्सको कारक भाइरसलाई नष्ट गर्ने कुरामा यसका निर्माताहरु आशावादी छन् । अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो खोप एड्सको महामारीविरुद्धको सबैभन्दा राम्रो समाधान साबित हुनेछ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता प्रोफेसर थोमस हानके भन्छन् ( एडस विरुद्धको खाेप निर्माण गर्ने प्रयास बितेका ४० वर्षदेखि चलिरहेको छ र यसबीच ५ वटा खोपको परीक्षण भैसकेको छ ।

शोधकर्ताहरुका अनुसार एचआईभीबाट सुरक्षित हुने कुरा निक्कै चुनौतीपूर्ण छ । यसका लागि हामीले एन्टिबडी र इम्यून सिस्टमको रक्षक टी-सेल्स दुवैको सुरक्षात्मक क्षमता मजबुत गर्नुपर्ने छ ।

प्रतिक्रिया