९ करोड २७ लाख बिगोसहित शिवशक्ति खाद्य उद्योगविरुद्ध मुद्दा दर्ता

काठमडौं । ९ करोड २७ लाख रुपैयाँ बिगोसहित शिवशक्ति खाद्य उद्योगविरुद्ध मुद्धा दायर भएको छ । राजश्व अनुसन्धन विभाग हरिहर भवन पुल्चोकले राजश्व छली गर्ने चितवन रत्ननगर –८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका संचालक दिनेश कुमार अग्रवाल सहित तीन जनाले राजस्व चुहावट गरेको अभियोगमा ९ करोड २७ लाख ३७ हजार पाँच सय ६० रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
शिवशक्ति खाद्य उद्योगका संचालकद्वय दिनेश कुमार अग्रवाल र सिमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाईटर रामप्रसाद थपलियाले वास्तविक खरिद तथा विक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको जानकारी विभागले दिएको छ ।
प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित, सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको ठहर गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को पहिलो संशोधन २०७६ को दफा २(६) १ बमोजिम मुल्य अभिवृद्धि करतर्फ ६ करोड ८६ लाख सात हजार दुई सय ५३ र आयकरतर्फ दुई करोड ४१ लाख ३० हजार ३ सय ७ रुपैयाँसहित कुल ९ करोड २७ लाख ३७ हजार ५ सय ६० रुपैयाँ बिगो माग गर्दे उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया