एमाले अध्यक्ष ओली र नेपालबीचको भेटवार्ता सकारात्मक, भएन ठोस निष्कर्ष

नेपालखोज २०७८ असार २३ गते २२:०४
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।

नेता सुरेन्द्र पाण्डेका अनुसार पहिले दुवै तर्फका दोस्रो तहका नेताहरुसहित कुराकानी भएको थियो । त्यसपछि ओली-नेपाल वान अन वान वार्तामा बसेका थिए । वार्ता सकारात्मक भए पनि ठोस निष्कर्ष भने ननिस्किएको नेता पाण्डेले जानकारी दिए ।

लामो समयदेखि विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नुपर्ने र गहिराइमा लैजानुपर्ने आवश्यकता रहेको उनले बताए । पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।

प्रतिक्रिया