शुक्रबार, चैत १६, २०८०

प्राइम कमर्सियल बैंक : सबैलाई समेट्दै, सबैको भविष्य उज्ज्वल बनाउँदै

नेपालखोज २०७८ असार २४ गते १२:०५

काठमाडौं । प्राइम कमर्सियल बैंक आमनेपालीको बैंक हो । सन् २००७ देखि २१औं वाणिज्य बैंकका रूपमा वित्तीय कारोबार सञ्चालन गरेको बैंकको पहुँच अहिले देशव्यापी बनिसकेको छ । बैंकले अहिले सातवटा प्रदेशअन्तर्गतका ७७ वटै जिल्लामा एक सय ९१ शाखा र एक सय ६ वटा एटीएम काउन्टरसहितको बृहत् सन्जालमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं उपत्यकामा मात्रै बैंकका ४९ शाखा सञ्चालनमा छन् । उपत्यकाबाहिर एक सय ४२ शाखा सञ्चालनमा छन् । यसैगरी काठमाडौं उपत्यकामा बैंकको ४७ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । उपत्यकाबाहिर ५९ एटीएम काउन्टर सञ्चालनमा छन् । वित्तीय कारोबार सञ्चालनको छोटो अवधिमै प्राइमले १६ अर्ब आठ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरिसकेको छ । चालुु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा बैंकले एक खर्ब ४० अर्ब रुपैयाँ निक्षेप पुर्याएको छ । कर्जा रकम एक खर्ब २८ अर्ब पुर्याएको छ । यस अवधिमा दुई अर्ब ८१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकमा शून्य दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय छ । बैंकले कोभिड–१९ को विश्वमाहारीको अवस्थामा पनि यस किसिमको वित्तीय सफलता हासिल गर्नु सामान्य होइन । यही वित्तीय अवस्थाका आधारमा पनि प्राइम अहिले २७ वटा वाणिज्य बैंकमध्ये १० ठूला बैंकहरूको सूचीमा पर्न सफल भएको छ ।

प्राइमको यो सफलता भनेको बैंकको विगतदेखि अहिलेसम्मको सिंगो सञ्चालन एवं व्यवस्थापन समिति, आमसेयरधनी, ग्राहक, शुभचिन्तक, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक कारणबाट सम्भव भएको हो । यसले सुरुवाती समयदेखि नै आमनेपाली नागरिकलाई आफ्नो बैंक भएको भावनात्मक सम्बन्ध स्थापित गर्दै वित्तीय कारोबार गर्दै आएको छ । प्राइमले अहिले अन्य वाणिज्य बैंकहरूको छायामा परेको घरेलुु तथा हस्तकला, साना तथा मझौला उद्यमी, सीप विकासका लागि तालिमपश्चात् कर्जाको व्यवस्था, कृषिजन्य वस्तुको उत्पादन र बजारीकरण, जलविद्युुत् पर्यटनलगायत सबै क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कुुशल व्यवस्थापकीय क्षमताका कारण सिंगो प्राइम बैंक परिवारलाई एकसाथ अगाडि लैजान सकैकै कारण यो सफलता हासिल गरेको हो । सानाभन्दा साना व्यवसायीदेखि लिएर ठूला–ठूला परियोजनाहरूमा बैंकले लगानी गर्दै आएको छ । बैंकिङ क्षेत्रमा कर्जाका लागि मापदण्ड पुर्याउनै नसक्ने न्युरोड, सुन्धारा र भोटाहिटीलगायत साँघुरा गल्लीहरूका साना–साना पसल व्यवसाय गर्नेहरूलाई पनि बैंकले उनीहरूको आवश्यकता र क्षमताअनुसार कर्जा प्रवाह गर्दै आएको छ ।

देशमा आइपर्ने हरेक किसिमको महामारी, दैवी–प्रकोपलगायत घटनाहरूमा राहत तथा पुनरुत्थान गर्न पनि प्राइम कमर्सियल बैंक निकै अगाडि छ ।

यस्तो छ, चालु आवको तीनवटा त्रैमासमा प्राइम कमर्सियल बैंकको वित्तीय अवस्था (रकम रु. हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)

विवरणचुक्ता पुँजीनिक्षेपकर्जाखुद मुनाफानिष्क्रिय कर्जा
पहिलो त्रैमास१३९८५२४९.४०१२४५०८४४८.६५११३४४७२९६.१४१०१७६३४.९११.३७
दोस्रो त्रैमास१६०८३०३६.९३१३०९९५२१७.७२११९२७४४६९.०७१८१३३२९.८०१.०८
तेस्रो त्रैमास१६०८३०३६.९३१४०५२०३१८.८७१२८८५२६४१.४७२८१७६७६.३९०.८६
(स्रोत: बैंकद्वारा विभिन्न समयमा सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया