शुक्रबार, वैशाख १४, २०८१

नेपाल चेम्बर अफ कमर्सद्वारा शिक्षा, संस्कृति तथा खेलकुद समिति गठन

नेपालखोज २०७८ असार २६ गते ११:४९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्बर अफ कमर्स कार्य समिति सदस्य दीपक काजी तुलाधरको सभापतित्वमा गठित शिक्षा, संस्कृति तथा खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् ।

उक्त समितिको सह सभापतिमा रुपक राजवंशी तथा सदस्यहरुमा क्रमश समिर थापा, अजय बल्लभ पन्त, धिरज कार्की, सचिन्द्र प्रधानाङग दीपिका रिमाल थापा, निरज कार्की मनोनित भएका छन् ।

नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दे नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले यस समितिमा शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा लामो अनुभव हाशिल गरेका तिनिधित्व भएकोले चेम्बरको सामाजिक दायित्व अन्र्तगतको शिक्षा, संस्कृति तथा खेलकुद क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया