मंगलबार, वैशाख ३०, २०८२

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

नेपालखोज २०७८ असार २७ गते ७:४९

काठमाडौं । यसपटकको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

केहिबेरअघि सकिएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे ।

बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो ।

ब्राजिलले भने पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतिक्रिया