शुक्रबार, वैशाख १४, २०८१

वाग्मती प्रदेशसभाको बैठक साढे ११ बजे बस्दै

नेपालखोज २०७८ असार २७ गते ९:३१

काठमाडौं । बैठक चल्न दिने सरकार र प्रतिपक्षी दलबीच सहमति भएपछि बाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले संसदलाई विशेष सम्बोधन गर्ने भएपछि बैठक चल्न दिने सहमति भएको हो । प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले आफूहरुले राखेको मागबारे मुख्यमन्त्रीले संसदबाटै समेटेर सम्बोधन गर्ने जानकारी दिए ।

मुख्यमन्त्रीको सम्बोधनमा माग नसमेटिए पुनः बैठक अवरुद्ध गर्ने विपक्षीको तयारी छ ।

प्रतिक्रिया