बुधबार, जेठ १, २०८२

नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

नेपालखोज २०७८ असार २८ गते ७:५०

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध बनेको छ ।

सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि आज बिहान करिब ५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ ।

प्रतिक्रिया