शनिबार, असार २१, २०८२

देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ असार २९ गते ७:१९

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ । भीषण वर्षाको हुने भएकाले ती प्रदेशमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अनपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया