शनिबार, फागुन १९, २०८०

नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड, स्मार्ट बैंकमा छुट

नेपालखोज २०७८ असार २९ गते ११:५९

काठमाडौं । नबिल बैंकले ३७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ३७ डेज अफ ह्यापीनेस अफर ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले आसार २८ गते सोमबारदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आई कार्ड, नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३५ शाखा, १८३ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाकोरुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया