बुधबार, फागुन ९, २०८०

सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेलाई निराश बनायाे : ओली

नेपालखोज २०७८ असार २९ गते १४:५५

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताएका छन् ।

मंगलबार देशवासीका नाममा सम्बोधन सर्वाेच्चकाे हिजाेकाे फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई र संविधानको सर्वोच्चतामा विश्वास गर्नेहरलाई निराश बनाएको दाबी गरेका हुन् ।

सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीचको शक्ति सन्तुलनलाई प्रभाव पारेको उनले दाबी गरे । एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्न पाउने सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र दलीय कानुनको धज्जी उडाएको ओलीको आरोप छ ।

प्रतिक्रिया