शुक्रबार, वैशाख १४, २०८१

नेपाल टेलिकमले भन्यो- टेलिकमको कुनै पनि डाटा रेकर्ड चोरी भएको छैन्

नेपालखोज २०७८ असार ३१ गते २०:४४

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी विक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षा सम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेका उपकरण तत्काल बन्द गरी छानविन सुरु गरेको थियो ।

कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दावीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको टेलिकमले जनाएको छ ।

ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिवद्ध रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया