शनिबार, असार २१, २०८२

चौबीस घण्टामा २,९३६ संक्रमित थपिए, १,७७५ जना डिस्चार्ज

नेपालखोज २०७८ साउन १ गते १६:२८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी जम्मा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणबाट ४७ हजार ७ सय ९७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न अस्पतालहरुबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म देशभर कोरोना संक्रमण पछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ४३ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।

प्रतिक्रिया