बिहीबार, वैशाख २०, २०८१

ग्लोबल आइएमई बैंकको विशेष आवास कर्जा योजना

नेपालखोज २०७८ साउन १ गते १७:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सात दशमलव ९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ ।

बैंले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आम-ग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् एक करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत-प्रतिशत छुट प्रदान गरिने छ ।

बैंकले, कोरोना (कोभिड-१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेस गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।

सीमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभलिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

प्रतिक्रिया