प्रचण्ड र नेपालबीच कोटेश्वरमा भेटवार्ता, गठबन्धनको रणनीतिबारे छलफल
नेपालखोज
२०७८ साउन २ गते १८:१९

काठमाडौं । पार्टी एकता जोगाउन एमालेका दोस्रो तहका नेता कसरतमा रहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
पछिल्लो एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यान्वयनमा जुटेका छन् । शनिबार नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेपाललाई भेटेका हुन् ।
पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।
गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तारसमेत हुन सकेको छैन् ।
सम्बन्धित

प्रतिक्रिया