बिहीबार, वैशाख १३, २०८१

नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

नेपालखोज २०७८ साउन ३ गते १२:२६

काठमाडाैं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकका अनुसार बिक्री प्रर्बन्धक हिमालयन क्यापिटलमार्फत सात वर्ष अवधिको आठ प्रतिशत व्याजदर कायम रहेको नबिल डिवेञ्चर २०८५ जारी गर्न लागेको हो ।

यही साउन १० गतेबाट खुल्ला हुने ऋणपत्रको बिक्री कार्य छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते बन्द हुने छ । खरिदकर्ताहरुले भने न्युनतम २५ कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन ।

बैैंकका अनुसार प्रतियुनिट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागिएको हो ।

प्रतिक्रिया