प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप
नेपालखोज
२०७८ साउन ३ गते १६:२६

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिती भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।
कांग्रेसले आफुलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको प्रक्रियामा साथ दिनका लागि आह्वान पनि गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया