मृतावस्थामा दुई गैँडा फेला
नेपालखोज
२०७८ साउन ४ गते १२:४७

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बुढो र अर्को बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैँडा बच्चा मृतावस्थामा फेला परेको हो ।
उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए । यसैगरी अमलटारी सेक्टर अन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको बुढो गैँडा मृतावस्थामा फेला परेको छ ।
नारायणी नदीका किनारमा बालुवामा गढेको अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए ।
गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी शिकारीले निकुञ्जमा ३२ गैंडा मरेका थिए । अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया