बुधबार, असार १८, २०८२

वामदेव गौतम सरकार जाने खबर झुटो हो : सचिवालय

नेपालखोज २०७८ साउन ५ गते ११:३६

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार सहभागी हुनेबारे आएका खबर झुटो भएको उनको सचिवालयले स्पष्ट पारेको छ ।

नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्दै भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जाल फेसबुुकमार्फत आपत्ती जनाएका हुन् ।

‘नेता गौतमको नाम जोडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारप्रति कुनै सत्यता नभएको र यस्ता कपोकल्पित समाचार उहाँको चरित्र हत्यामा संलग्न अपराधी तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको ब्यहोरा जानकारी गराउन चाहन्छौं ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया