शुक्रबार, वैशाख १४, २०८१

नेसनल लाइफको प्रथम बिमा शुल्क ४ अर्ब नाघ्यो

नेपालखोज २०७८ साउन ५ गते १७:४४

काठमाडौं । जीवन बिमा व्यवसायमा नेशनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बिमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठुलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाइफ दोश्रो स्थानमा उक्लिएको हो ।

कुल बिमा शुल्क १२ अर्ब १६ करोड सहित प्रथम बिमा शुल्क चार अर्ब भन्दामाथि पु¥याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरुको स्टाटस नै तल माथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् ।

बिमा समितिको सुत्र अनुसार एलआईसी नेपालको प्रथम बिमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाइफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढि प्रथम बिमाशुल्क संकलन गर्न सफल भएको हो ।

त्यस्तै, नविकरण बिमा शुल्कसमेत उल्लेख्यरुपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कुल बिमा शुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको हो ।

सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोश्रो ठूलो जीवन बिमा कम्पनी बन्न पुगेको छ । नेपालको सबै भन्दा ठुलो जीवन बिमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बिमा शुल्क आम्दानी गरेको छ ।

प्रतिक्रिया