शुक्रबार, वैशाख ७, २०८१

आज सार्वजनिक बिदा, सेयर कारोबार पनि नहुने !

नेपालखोज २०७८ साउन ६ गते ८:३०

काठमाडौं । सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । अस्ति (साउन ४ गते, सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आज सार्वजनिक बिदा भएकाले नेप्से पनि बन्द रहनेछ । अर्थात् धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) सेयर कारोबार हुने छैन ।

प्रतिक्रिया