शनिबार, वैशाख ८, २०८१

एमालेले आज नेपाल समूहलाई सोधिएको स्पष्टीकरण बारे निर्णय गर्ने

नेपालखोज २०७८ साउन ७ गते ७:३६

काठमाडौं । साउन ४ गतेदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने छ ।

आजको बैठकमा एमालेको नेपाल–खनाल समूहका नेतालाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ । तर, नेपाल खनाल समूहले भने संस्थापन पक्षले आफ्ना नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएर एकतामा भाँजो हालेको बताउँदै आएको छ ।

एमालेका २२ जना सांसदले गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोही विषयमा एमालेले स्पष्टीकरण सोधेको थियो ।

यसअघि बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया