मंगलबार, साउन १२, २०७८

सिरियामा इजरायली मिसाइल आक्रमण

रासस २०७८ साउन ७ गते १२:०२

दमासकस । बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको उक्त समाचारमा जनाइएको छ ।

सिरियाको समाचार समिति सानाले सो समाचार दिएको छ । सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो ।उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ ।

मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।

त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ ।

केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो ।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया