बिहीबार, असार १९, २०८२

‘श्री ५ महाराजधिराजबाट आममाफी भयाे, हामी गदगद् भयाैं’

नेपालखोज २०७८ साउन ८ गते १७:०१
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा  ओलीको घोषणा गरेकोप्रति टिप्पणी गरेका छन् ।

नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयाैं !’

उनले प्रश्न गर्दै भनेका छन् ‘यही हो प्रवृत्ति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ? स्पष्टीकरण  सोध्नु गल्ती भयो । मैले त्यो हतार गरें  । मैले फिर्ता गरें  भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,”

प्रतिक्रिया