शुक्रबार, वैशाख १४, २०८१

यी हुन् देशैपिच्छे अनौठा यौनसम्बन्धी कानुन !

नेपालखोज २०७८ साउन ९ गते ६:४५

काठमाडौं । कोही मानिसले गलत तथा आपराधिक क्रियाकलाप गर्छ भने उसलाई कारबाही गरी सही बाटो ल्याउने विषय हो कानुन । विभिन्न देशमा आवश्यकताअनुसार आ-आफ्नै किसिमका कानुन बनाइएको छ । एउटा देशसँग अर्को देशको कानुन थोरै विषयवस्तु मात्र मिलेको हुन्छ । कतिपय देशमा यस्ता कानुन छन् जसको कानुनी सजायको व्यवस्था सुन्दा वा पढ्दा हामीलाई आश्चर्य लाग्छ ।

सायद हाम्रो देशका कानुनका केही कुरा कुनै देशका नागरिकलाई पनि अनौठो लाग्न सक्ला । वास्तवमा देशअनुसार कानुन फरक नै हुन्छन् । विभिन्न देशका कानुनमा यौन तथा यौनजन्य अपराधसम्बन्धी आ-आफ्नै कानुनी व्यवस्था छ ।

विश्वमा कतिपयका देशका कानुनले खुलेआम यौन सम्बन्ध राख्न स्वतन्त्रता दिएको छ । तर कतिपय देशमा भने यौनका कुरा गरियो र मुद्दा पर्‍यो भने जेल सजायको व्यवस्था छ । केही देशमा यौनबारे खुलेर कुरा गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।

बुडापेस्टमा बत्ती तथा उज्यालोमा यौन क्रियाकलाप गर्न कानुनले बर्जित गरेको छ । यदि प्रमाण फेला परे उसलाई कडा कानुनी सजायको व्यवस्था छ । यो त्यहाँको सामाजिक कानुनमै लेखिएको छ । हङकङमा यदि पतिले पत्नीलाई धोका दियो भने हतियार प्रयोग नगरीकन ज्यान लिने अधिकार पत्नीलाई दिइएको छ ।

स्पेन मुलुकमा भने समुद्र तथा नदी किनारमा यौन सम्बन्ध कानुनले बर्जित गरेको छ । यदि कानुन मिच्दै यौन सम्बन्ध राख्ने जोडी भेटिए कडा कानुनी सजायको व्यवस्था छ । कानुनमा उल्लेखित नियमभन्दा बाहिर यौनसम्पर्क गरे ७५ हजार डलर वा त्यो तिर्न नसके जेलको व्यवस्था गरिएको छ ।

यस्तै इन्डोनेसियामा अर्को एउटा फरक अनौठो कानुन छ । त्यहाँ कोही व्यक्तिले हस्तमैथुन गरेको फेला परे तत्काल फाँसीको सजाय दिइन्छ । उता अमेरिकाको ओरिगनमा अनौठो एउटा कानुन छ । यौन क्रियाकलापका बेला पुरुषले महिलालाई अपशब्द बोल्न सख्त मनाही छ । अपशब्द बोलेको प्रमाण प्रहरी तथा अदालतसम्म पुगे कानुनअनुसार कडा कारबाहीको व्यवस्था गरिएको छ ।

यस्तै ओहियो भन्ने देशमा पुरुषको तस्बिरअगाडि महिलाले कपडा फुकाले र घरपरिवारका सदस्यले मुद्दा हाले कानुनी सजायको व्यवस्था छ ।
-विभिन्न सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया