शुक्रबार, वैशाख ७, २०८१

विश्वमा यस्ता अनौठा जीव पनि पाइन्छन् !

नेपालखोज २०७८ साउन ९ गते ११:४५

काठमाडौं । विश्वमा विभिन्न प्रजातिका जीवजन्तुहरू पाइन्छन् । कुनै जीव अर्बौंको संख्या पाइन्छन् भने कुनै यस्ता जीव छन् जसको वंश नै दुर्लभ हुन्छ ।

वंश नै दुर्लभ हुने जीवहरूको वैज्ञानिक खोज तथा अनुसन्धान गरिएको छ । यस्तै जीवहरूमध्येमा अरिंगाल अनौठो मानिन्छ । यसले जीवनमा दुई चरण गरेर अन्डा पार्ने गर्छ । पहिलो चरणमा पारेका अन्डा छेउमा यसले मारेर वा मरेको माकुरा राखिदिने गर्छ । यसका साथै दोस्रो चरणमा अन्डा पारेपछि छेउमा मरेको कमिला राख्ने गर्छ । अरिंगालले यी दुई जीव दुई चरणमा अन्डा पार्दा किन राख्ने गर्दछ भन्ने कुराको भने विज्ञानले पुष्टि गर्न सकेको छैन ।

यस्तै जीवहरूमध्येकै भ्यागुतो तपाईं-हामी सबैले देखेको र सानोछँदा खेलाएको जीव पनि हो । तर कुनै भ्यागुताले अन्डा र कुनैले बच्चा पार्छ भन्दा हामीलाई अनौठो लाग्न सक्छ । प्रायः हामी सबैलाई थाह भएको कुरो हो भ्यागुताले अन्डा पार्छ तर लिम्नोनेक्टस लार्वापार्टस् नामको भ्यागुताले अन्डा नभई बच्चा नै जन्माउने तथ्य फेला परेको छ ।

यस्तै माछालाई तपाईं–हामी सबैले नदेख्ने कुरै भएन । टोर्किजेनर एल्बोम्या क्युलोसस नामको माछा यस्तो जीव हो जसले खोला तथा समुद्रमा गुँड बनाउने गर्छ । उक्त माछाले दुई मिटरबराबरको गुड बनाउने तथ्य वैज्ञानिकले जीव अनुसन्धनका क्रममा फेला पारेका छन् ।

यस्तै जीव विज्ञान अनुसन्धानका क्रममा अर्को एउटा अनौठो कीरा भेटिएको छ जुन रूख जस्तै देखिन्छ । फ्रेग्नेस्टेरिया टामओआसिस नामको उक्त कीरा हेर्नमा रूख जस्तै हुन्छ । तर यो रूखमै बसेको हुन्छ । २५ सेन्टिमिटर लामो यो कीरालाई पहिलोपटक हेर्दा ठम्याउनै गाह्रो हुन्छ ।

यसैगरी, अर्को जीव शंखेकीरा धेरै ठाउँमा हामी देख्न सक्छौं । सामान्यतः यसबारे तपाईं–हामी सवैलाई जानकारी नै छ । तर फाइलोडेस्मियम एकेन्थोरिनम नामको शंखेकीरा एउटा अनौठो प्रजाति हो जुन जापानको समुद्रमा पाइन्छ । यसको लम्बाइ भने एक फिटसम्म भएको पाइएको छ ।

यस्तै डाइनोसरलाई हजारौं वर्षअघि नाश भइसकेको जन्तुका रूपमा लिइन्छ । तर, सानो देश डकोटामा यसको करिब ३ मिटर लामो र ३ सय किलोग्राम तौल रहेको जीवाशेष जीव वैज्ञानिकहरूले फेला पारेका छन् ।
– विभिन्न सञ्चारमाध्यमहरूको सहयोगमा

प्रतिक्रिया